पहिलाे पावर प्लेमा बंगलादेशविरुद्ध नेपालकाे खराब प्रदर्शन

पहिलाे पावर प्लेमा बंगलादेशविरुद्ध नेपालकाे खराब प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत ‘सुपर सिक्स’को पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

माङ्गाउङ्ग ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले पहिलो १० ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ३५ रन जोडेको छ । पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रनमा ३.५ ओभरमा आउट भएका थिए। त्यसपछि नेपालले ७.५ ओभरमा आकाश त्रिपाठीलाई गुमायो । तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भए ।

हाल क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी छन् ।

प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले बलियो प्रतिद्वन्द्वी बङ्गलादेशको सामना गर्न लागेको हो । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिरीसकेको छ । त्यसकारण पनि बिना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोचमा छ । मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालसहित न्यूजिल्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।

Logo