बंगलादेशविरुद्ध नेपालका कप्तान खनाल पनि आउट

बंगलादेशविरुद्ध नेपालका कप्तान खनाल पनि आउट

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत ‘सुपर सिक्स’को पहिलो खेलमा बंगलादेश र नेपालको खेल जारी छ ।

माङ्गाउङ्ग ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले चौथो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको छ । २७ ओभरको चौथो बलमा उनी ३५ रन बनाउँदै क्याच आउट भए । जीसन आलमको बलमा उनी ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका हुन् । हाल नेपाल ४ विकेटको क्षतिमा ९६ रन बनाएर खेलिरहेको छ ।

यसअघि पहिलो १० ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रनमा ३.५ ओभरमा आउट भएका थिए। त्यसपछि नेपालले ७.५ ओभरमा आकाश त्रिपाठीलाई गुमायो । तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भए ।

Logo