बंगलादेशविरुद्ध पनि चलेनन् गुलसन झा, १६ बल खेलेर ३ रनमा आउट

बंगलादेशविरुद्ध पनि चलेनन् गुलसन झा, १६ बल खेलेर ३ रनमा आउट

केन्द्रबिन्दु
0
Shares

आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत ‘सुपर सिक्स’को पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालका अलराउण्डर गुलसन झा सस्तैमा आउट भएका छन् ।

दक्षिण अफ्रिकाको माङ्गाउङ्ग ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले पाँचौं विकेटका रुपमा गुलसन ३ रनमै आउट भएका हुन् । ३४औं ओभरको चौथो बलमा उनी १६ बल खेलेर बोल्ड आउट भएका हुन् । सिनियर राष्ट्रिय टोलीका नियमित खेलाडीसमेत उनले यसअघिका खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

हाल नेपाल ५ विकेटको क्षतिमा १२५ रन बनाएर खेलिरहेको छ ।

यसअघि नेपालले चौथो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको छ । २७ ओभरको चौथो बलमा उनी ३५ रन बनाउँदै क्याच आउट भए । जीसन आलमको बलमा उनी ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका हुन् ।

त्यसअघि पहिलो १० ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रनमा ३.५ ओभरमा आउट भएका थिए। त्यसपछि नेपालले ७.५ ओभरमा आकाश त्रिपाठीलाई गुमायो । तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भए ।

Logo