बंगलादेशविरुद्ध महत्वपूर्ण अर्धशतकबाट चुके विशाल विक्रम केसी

बंगलादेशविरुद्ध महत्वपूर्ण अर्धशतकबाट चुके विशाल विक्रम केसी

केन्द्रबिन्दु
0
Shares

आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत ‘सुपर सिक्स’को पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालका विशाल विक्रम केसी महत्वपूर्ण अर्धशतक प्रहारबाट चुकेका छन् ।

दक्षिण अफ्रिकाको माङ्गाउङ्ग ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालका लागि केसी ४८ रन बनाउँदा आउट भएका हुन् । ४२औं ओभरको अन्तिम बलमा उनी बोर्सनबाट बोल्ड आउट भएका हुन् । खराव व्याटिङ गरेको नेपालको लागि उनको अर्धशतक राहत बन्ने आशा गरिएपनि पूरा हुन सकेन । हाल नेपाल ८ विकेटको क्षतिमा १४१ रन बनाएर खेलिरहेको छ ।

यसअघि नेपालका गुलसन झा, दीपक बाेहरा र दीपेश कँडेल समान ३/३ रनमा आउट भएका थिए । नेपालले चौथो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको थियाे । २७ ओभरको चौथो बलमा उनी ३५ रन बनाउँदै क्याच आउट भए । जीसन आलमको बलमा उनी ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका हुन् ।

त्यसअघि पहिलो १० ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रनमा ३.५ ओभरमा आउट भएका थिए। त्यसपछि नेपालले ७.५ ओभरमा आकाश त्रिपाठीलाई गुमायो । तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भए ।

Logo