लिभरपुलद्वारा चेल्सी पराजित

लिभरपुलद्वारा चेल्सी पराजित

केन्द्रबिन्दु
14
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–१ गोलले हराउँदै लिभरपुलले जित निकालेको हो ।

लिभरपुलका डिअगो जोटा, कोनर ब्राड्ली, डोमिनिक र लुइस डिआजले एक एक गोल गरेका थिए । यस्तै, चेल्सीका क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काएका थिए ।

खेलमा लिभरपुलका जोटाले २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ब्राड्लीले ३९औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

६५औँ मिनेटमा डोमिनिकले गोल गर्दै खेलालाई ३–० को स्थितिमा ल्याए । ७१औँ मिनेटमा चेल्सीका क्रिस्टोफरले एक गोल फर्काउँदै खेललाई ३–१ को स्थितिमा ल्याए । तर ७९औँ मिनेटमा लिभरपुलका लुइसले गोल गर्दै टोलीलाई ४–१ को जित दिलाए ।

यो जितसँगै लिभरपुलले २२ खेलबाट ५१ अंक जोडेर आफ्नो अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४६ अंक छ । पराजित भएको चेल्सी ३१ अंकसहित दशौँ स्थानमा छ ।

Logo