आर्मी प्रधानमन्त्री कपको फाइनलमा, अब उपाधि भिडन्त पुलिससँग

आर्मी प्रधानमन्त्री कपको फाइनलमा, अब उपाधि भिडन्त पुलिससँग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको उपाधिका लागि दुई विभागीय क्लब भिड्ने भएका छन् ।

राउन्ड रोविन लिग अनुसार शीर्ष २ स्थानमा रहने टिमले उपाधि भिडन्त गर्न लागेको हुन् । समूह चरणमा अपराजित रहेको पुलिस शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा आर्मी दोस्रो स्थानमा रहेर उपाधि भिडन्त गर्न लागेको हो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले स्तब्ध बनायो । आर्मीले जम्मा १३२ रन बनाएको थियो । जवाफमा गण्डकी प्रदेश ६४ रनमा समेटियो ।

पहिला ब्याटिङ गर्दा आर्मीका इमरान शेखले सर्वाधिक ३४ रन बनाउँदा सोमपाल कामीले २३ रन जोडे । यसैगरी कप्तान विनोद भण्डारीले १९ रन जोड्दा कुशल मल्ल १५ रनमा आउट भए । सहाव आलम १२ रनमा नटआउट रहँदा भीम सार्कीले १० रन जोडे ।

गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल, कमल परियार सवैले दुई दुई विकेट लिँदा सन्दीप रजाली र रोशन गौतमले एक एक विकेट हात पारे ।

जवाफी लक्ष्य पछ्याएको गण्डकी प्रदेश २३.४ ओभरमा सवै विकेट गुमाएर ६४ रनमा समेटियो । गण्डकीका लागि इश्वर क्षत्रीले १६ तथा करण पंगेनीले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन असफल रहे ।

आर्मीका सहाव आलमले सर्वाधिक ४ विकेट लिँदा कुशल मल्ल र जितेन्द्र मुखियाले दुई दुई विकेट हात पारे ।

Logo