यू-१९ विश्वकपः नेपालले आज भारतको सामना गर्दै

यू-१९ विश्वकपः नेपालले आज भारतको सामना गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्सअन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ । 

नेपालले यसअघि सुपर सिक्सअन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समुह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् । 

त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।  सुपर सिक्सको समुह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड  सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहिन भएको हो । आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ । 

Logo