रोनाल्डोको अल नासरसँग मेसीको इन्टर मायामीको लज्जास्पद हार

रोनाल्डोको अल नासरसँग मेसीको इन्टर मायामीको लज्जास्पद हार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। साउदी टूरमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ ।

गएराती सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो । अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए ।

इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो ।यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औ मिनेटमा मैदानमा आएका थिए ।
 

Logo