सचिन र उदयको शतकमा भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

सचिन र उदयको शतकमा भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा भारतले नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा मात्र ५ विकेट गुमाउँदै २९७ रन बनाएको हो । भारतका लागि भारतका कप्तान उदय सहारान र सचिन दासले शतकीय इनिङ खेले । जुन नेपालको लागि घातक बन्यो ।

१३ ओभरको समाप्तिमा ३ विकेट गुमाएको भारतको चौथो विकेटका लागि सचिन र उदयले उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेका थिए । सचिन दासले सर्वाधिक ११६ रनको शतकीय इनिङ खेले । १०१ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान उदयले पनि शतक प्रहार गरे । ९ चौकाको मदतमा १०० रन जोडे।

त्यसअघि १३औं ओभरको अन्तिम बलमा नेपालका तीव्र गतिका बलर आकाश चन्दले भारतका ओपनर अर्सिन कुलकर्नीलाई १८ रनमा ब्याच आउट गराएका थिए । त्यसअघिकाे पाँचौ बलमा प्रियान्शु मोलियालाई १९ रनमा रनआउट गराएका थिए । आकाश चन्दको बलमा दीपक डुम्रेबाट उनी आउट भएका हुन् ।

यसअघि नेपालका अर्का तीव्र गतिका बलर गुलशन झाले पहिलो विकेट लिएका थिए । गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका अर्का ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए । बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराएका थिए ।

नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।

Logo