आहारारा पोखरा गोल्डकपः उपाधिका लागि थ्रीस्टार र आर्मी प्रतिस्पर्धा गर्दै

आहारारा पोखरा गोल्डकपः उपाधिका लागि थ्रीस्टार र आर्मी प्रतिस्पर्धा गर्दै

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

२३औं संस्करणको अन्तिम खेल आज दिउँसो २ बजे पोखरा रंगशालामा सुरु हुनेछ । थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १–० र विभागीय टिम नेपाल आमीर्ले सेमिफाइनलमा चर्च ब्वाइजलाई २–१ ले पराजित गरेर फाइनल पुगेका थिए ।

उपाधि चुम्ने दौडमा रहेका दुवै टोली यसअघिको आहारारामा २०७५ सालमा सँगै भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५–४ ले रोक्दै थ्रीस्टारले उपाधि चुमेको थियो । त्यसयता आहाराराको फाइनलसम्म पुग्न नसकेका दुवै टिम २३औं संस्करणको  उपाधि भिडन्तमा छन् ।

आहाराराको इतिहासमा थ्रीस्टार ६ पटक सहभागी हुँदा ५ पटक आहाराराको उपाधि जित्ने टिम हो । १५ औं खेलमा सहभागिता जनाएको नेपाल आर्मीले भने उपाधि चुम्न सकेको छैन । यसअघि ४ पटक फाइनल पुगेर पनि आर्मी उपविजेतामै सीमित बन्नुपरेको थियो । आहारारामा मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबल सर्वाधिक ६/ ६ पटकका उपाधि विजेता टोली हुन् । आजको खेलमा थ्रीस्टार उपाधि जितेर मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबलसँगै हुन चाहान्छ ।

यता आर्मी पनि आफ्नो उपाधि हारको यात्रालाई रोक्न चाहान्छ । यी दुवै टोलीबीचको खेल रोचक हुने दर्शकको अपेक्षा छ । 

Logo