विवेकको अर्धशतकमा आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य

विवेकको अर्धशतकमा आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टीयु क्रिकेट मैदानमा जारी फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको हो । सुरुआतमै दबाबमा परेको आर्मीका लागि विवेक यादवले महत्वपूर्ण अर्धशतकीय इनिङ खेले । नवौं नंबरमा ब्याट लिएर मैदान छिरेका यादवले ८१ बल खेल्दै ७ चौका र १ छक्काको मदतमा सर्वाधिक ६३ रन जोडे ।

शिर्षक्रमका ब्याटर चल्न नसक्दा सोमपाल कामीले ३९ रन जोडे । उनले र विवेकले राम्रो साझेदारी गरेका थिए । त्यसअघि ओपनर इमरान शेखले २८ रन जोडे । कप्तान विनोद भण्डारी २ रनमा आउट हुँदा सन्तोष कार्कीले ६ रन तथा भीम सार्की ५ रनमै समेटिए । लामो सट खेल्न सक्ने कुशल मल्ल पनि १७ रनमा आउट भए ।

बलिङमा पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान ३/३ विकेट लिए । त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलको नाममा एकएक विकेट रह्यो ।

पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

Logo