यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा

यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । सुपर सिक्स चरणका खेलहरू सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो । सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् ।

यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिसकेकाे छ। १६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औँ स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ । नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडि रहेको छ। अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुनेछ । त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबीच हुनेछ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ ।

Logo