क्यानडा सिरिज र लिग-२ का लागि नेपाली टोलीको घोषणा, क-कसले पाए माैका ?

क्यानडा सिरिज र लिग-२ का लागि नेपाली टोलीको घोषणा, क-कसले पाए माैका ?

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । यसै साता घरेलु मैदानमा सुरु हुने क्यानडाविरुद्धको एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको नेतृत्वमा युवा खेलाडी र नयाँ अनुहारलाई माैका दिँदै १५ सदस्यीय टोली घोषणा गरेकाे हाे । क्यानडा सिरिजका लागि नेपाल यू-१९ कप्तान देव खनालसहित तीव्र गतिका आकाश चन्द र विश्वकप गुमाएका हेमन्त धामी, बायाँ हाते बलर रिजन ढकाल पनि टोलीमा छन् । पवन सर्राफ र अनिल शाहले टोलीमा पुनरागमन गरेका छन् ।

तर, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायतलाई विश्राम दिइएको छ । नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्दैछ ।

त्यस्तै, क्यानले अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजका लागि पनि कप्तान पौडेलको नेतृत्वमा टोली घोषणा गरेकाे छ ।

क्यानडा सिरिजः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द, अनिल शाह ।

लिग-२ त्रिकोणात्मक सिरिजः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल ।

Logo