फिफा विश्वकप फुटबल २०२६ को फाइनल खेल अमेरिकामा हुने

फिफा विश्वकप फुटबल २०२६ को फाइनल खेल अमेरिकामा हुने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ । 

फिफाले गएराती गरेको घोषणा अनुसार सन २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो । फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ ।

संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलाे खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ । तर, यसमा उदघाटनका कुनै कार्यक्रम भने हुन्न । सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् ।

विश्वकपको उदघाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ । मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ । अमेरिकाले सन् १९९४ मा पहिलाे पटक विश्वकप फुटबलकाे आयोजना गरेको थियो भने सन २०२६ मा दाेस्राे पटक गर्न लागेकाे हाे ।

Logo