दुई म्याड्रिड बराबरीमा रोकिए

दुई म्याड्रिड बराबरीमा रोकिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडलाई एटलेटिको म्याड्रिडले १-१ गोलको बराबरीमा रोकेको हो । एटलेटिको म्याड्रिडले इन्जुरी समयको ९३औं मिनेटमा गोल गर्दै रियल म्याड्रिडसँग अंक खोसेको थियो । एटलेटिको म्याड्रिडका लागि मार्कस लिओरेन्टेले गोल गरेका थिए ।

यसअघि खेलको २०औं मिनेटमा रियल म्याड्रिडका लागि ब्राहिम डियाजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । यो बराबरीपछि रियल म्याड्रिडको २३ खेलमा ५८ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको जिरोना भन्दा २ अंकले अगाडी रहेको छ ।

त्यसैगरी एटलेटिको म्याड्रिडको भने २३ खेलमा ४८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
          

Logo