स्वदेश फर्किएर कप्तान देव खनालले भने- ठूलो स्कोर कसरी बनाउने सिक्दै छु

स्वदेश फर्किएर कप्तान देव खनालले भने- ठूलो स्कोर कसरी बनाउने सिक्दै छु

केन्द्रबिन्दु
14
Shares

काठमाडाैं । दक्षिण अफ्रिकामा भएको यू१९ विश्वकप क्रिकेटमा सहभागी भएर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली सोमबार स्वदेश फर्किएको हो ।

समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो । तर, सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।

सो क्रममा सञ्चारकर्मीसँग कप्तान देव खनालले ठूलो स्कोर बनाउन नसक्दा आफू निराश रहेको प्रतिक्रिया दिए । उनले भने, ‘मैले सबै म्याचमा राम्रो स्टार्ट पाएँ । तर ठूलो स्कोर बनाउन सकिनँ । हरेक पटक ३०–३५ रनमा आउट भएँ । यसबाट चाहिँ एकदमै निराश छु । तर, मैले हरेक म्याचबाट केही सिकेको अनुभव गरेँ । ठूलो स्कोर कसरी बनाउने भनेर पनि सिक्दै छु ।’ अफगानिस्तानमाथिको महत्वपूर्ण जितमा उनले अर्धशतकीय इनिङ खेलेका थिए ।

Logo