दाेस्राे टेस्टमा इङ्ल्याण्डमाथि भारतकाे जित

दाेस्राे टेस्टमा इङ्ल्याण्डमाथि भारतकाे जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङ्ल्याण्डलाई पराजित गरेको छ । भारतले इङ्ल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो ।

भारतले दिएको ३९९ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड २९२ रन बनाएर अलआउट भएपछि भारतले यो खेल एकदिन अघि नै १०६ रनले जितेको हो ।

इङ्ल्याण्डका लागि दोस्रो इनिङमा ज्याक क्रवलीले सर्वाधिक ७३ रन बनाएका थिए । त्यस्तै, भारतीय बलर आर आश्विन र जसप्रित बमराहले ३-३ विकेट लिए भने मुकेश कुमार, कुलदीप यादव र अक्सर पटेलले एकएक विकेट लिएका थिए । 

यसअघि भारतले पहिलो इनिङमा ३९६ रन बनाएको थियो भने इङ्ल्याण्डले आफ्नो पहिलो इनिङमा २५३ रन बनाएको थियो । त्यसपछि भारतले दोस्रो इनिङमा २५५ रन बनाएर इङ्ल्याण्डलाई ३९९ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि भारतले ५ खेलको टेस्ट सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल इङल्याण्डले जितेको थियो । अब सिरिजको तेस्रो खेल फेब्रुअरी १५ देखि राजकोटमा हुने छ ।       

Logo