नेपाल यु-१९ महिला साफबाट बाहिरियो

नेपाल यु-१९ महिला साफबाट बाहिरियो

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । 

बङ्गलादेशको ढाकामा भएको खेलमा जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ ।

भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १–० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३– १ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलले विजयी भएको थियो । 

भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरेका थिए । अब प्रतियोगिताको फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ । 

Logo