केपी ओली कपको खेल तालिका सार्वजनिक, उद्घाटनमा को-को भिड्दै छन् ?

केपी ओली कपको खेल तालिका सार्वजनिक, उद्घाटनमा को-को भिड्दै छन् ?

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ । यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । भारतको दिल्ली फुटबल क्लव र वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा उपाधि विजेता टोलीले ट्रफीसँगै ११ लाख रुपैयाँ र उपविजेता टिमले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था छ । 

Logo