दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो।

दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए।

यस अघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो। अब फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दैछ। अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने विहिबार हुनेछ। त्यस्तै फाइनल खेल आगामी आइतबार हुनेछ।

Logo