दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्याण्ड २८१ रनले विजयी

दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्याण्ड २८१ रनले विजयी

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिलो टेस्टमा २८१ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ। टेस्टको चौथो दिन ५२९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २४७ रन मात्र बनाएपछि खेल २८१ रनले हारेको हो।

यस अघि न्यूजील्याण्डले पहिलो इनिंगमा ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिंगमा १६२ रन बनाएको थियो। त्यस्तै न्यूजील्याण्डले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै १७९ रन बनाएर पारी घोषणा गरेको थियो।

यो जितपछि न्यूजील्याण्डले २ खेलको टेस्ट सिरिजमा १-० ले अग्रता हासिल गरेको छ। अब दोस्रो टेस्ट फेब्रुअरी १३ देखि शुरु हुँदैछ।

Logo