नेपाल–क्यानडा एक दिवसीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक

नेपाल–क्यानडा एक दिवसीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको छ ।

क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै आइसीसी लिग टूको सुरुवात गर्नुअघि बिहीबार हुने क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको हो । नेपालले बिहीबार, शनिबार र सोमबार क्यानडासँग ओडीआई सिरिज खेल्दै छ ।

क्यानडासँगको खेलका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । त्रिवि मैदान कीर्तिपुरमा हुने नेपाल–क्यानडाबीचको खेल शृंखलाको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडी वन र डिसहोम गो मा हेर्न सकिने जनाइएको छ ।

Logo