आज एनआरटी र एपीएफ मकवानपुर गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै

आज एनआरटी र एपीएफ मकवानपुर गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै

केन्द्रबिन्दु
126
Shares

मकवानपुर। छैठौँ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८०(मकवानपुर गोल्डकप फुटबल) प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। प्रतियोगिताको उपाधिका लागि काठमाडौंको न्युरोड टिम (एनआरटी) र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो १ बजे हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन गरिएको खेलमा बुधबार पहिलो सेमिफाइनलमा धनकुटाको राजारानी क्लबलाई टाइबे्रकरमा १७–१६ गोल अन्तरले हराउँदै एनआरटी फाइनलमा प्रवेश गरेको थियो।

यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती क्लबलाई ४–० गोलले हराउँदै एपीएफले फाइनलमा स्थान पक्का गर्यो। एनआरटीका टिम कोच जीवन सिंहले निकै प्रतिस्पर्धात्मक अवस्थामा पनि जित निकालेको भन्दै खेलाडीहरुले उपाधि प्रतिस्पर्धामा राम्रो प्रदर्शनी गर्ने बताए।

पहिलो खेलबाटै खेलाडीहरुले राम्रो प्रर्दशन गरिरहेको उल्लेख गर्दै आजको फाइन खेलमा पनि खेलाडीहरु परिवर्तन नगर्ने बताए। सेमिफाइन खेलमा भएको रोमाञ्चक प्रतिस्पर्धाबाट आफूहरुले नयाँ अनुभव बटुलेको सिंहको भनाई छ।
यस्तै, एपीएफका टिमकोच सुमन श्रेष्ठले आफ्नो टोलीले छोटो समयमा प्रतियोगितामा सहभागी भएर फाइनमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरे।

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीहरुलाई राम्ररी प्रशिक्षण दिन नपाएको बताएका उनले फाइनलमा पनि उपाधि जित्ने गररुी प्रतिस्पर्धा गर्ने बताए। प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३ सय ५० सीसीको बुलेट बाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुलाई २५–२५ हजार रुपैयाँले सम्मान गरिने आयोजकले जनाएको छ।

Logo