एक दिवसीय सिरिजको दोस्रो खेल जारी, नेपाली टोली फिल्डिङ गर्दै

एक दिवसीय सिरिजको दोस्रो खेल जारी, नेपाली टोली फिल्डिङ गर्दै

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गरिरहेको हो ।

नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ भने कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त धामीलाई बेन्चमा राखेको छ । नेपालले तीन खेलाडी परिवर्तन गरेको गरेको छ। आकाशले डेब्यु सँगै यही खेलबाट अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् । आरिफ, ललित र कुशल बेन्चमा छन्।

नेपाली टोली पहिलो खेलमा क्यानडाविरुद्ध सात रनको जित निकाल्दै आफ्नो दोस्रो जितको लागि मैदानमा छन् । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ । नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, आकाश चन्द र अनिलकुमार शाह रहेका छन् ।

Logo