दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले आज खेल्दै

दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले आज खेल्दै

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्टसले आइएलटि-२० मा आज लिग चरणको अन्तिम खेल खेल्दैछ।

गल्फले आज हुने खेलमा अबुधाबी नाइट राइडर्सलाई पराजित गरे प्लेअफमा स्थान पक्का गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। आजको खेलमा हार बेहोरेको अवस्थामा भने टोलीको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा भर पर्नेछ ।

हाल गल्फको ९ खेलमा १० अंक छ । अबुधाबीको पनि समान १० अंक नै छ। शीर्षस्थानको एमआइ इमिरेट्सको १२ अंक रहँदा दुबई क्यापिटल्स र शारजाह वारियर्सको ८-८ अंक छ । डेजर्ट भाइपर्सको ६ अंक छ। दीपेन्द्रले आजको खेलमा प्लेइङ ११ मा पर्ने सम्भावना छ।

Logo