क्यानडाविरुद्ध कप्तान रोहित पौडेल र देव खनालको अर्धशतक

क्यानडाविरुद्ध कप्तान रोहित पौडेल र देव खनालको अर्धशतक

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेल र देव खनालले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन्।

रोहित पौडेलले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन्। नेपाली टोलीका युवा ब्याट्सम्यान देव खनाले ५६ बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन्।

देव यू-१९ राष्ट्रिय टोलीका कप्तान पनि हुन्। नेपाललाई जितका लागि २४ ओभरमा एक सय २४ रन आवश्यक छ। नेपालले केवल दुई विकेट गुमाएको छ।

Logo