२३ रन बनाउँदै आउट भए भीम

२३ रन बनाउँदै आउट भए भीम

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् ।

उनले २१ बलमा चार चौकाको मद्दतले २३ रन बनाए । उनलाई क्यानडाका बलर दिलप्रित बाजवाले विकेटकिपर श्रेयष मोभाद्वारा क्याच गराए । ४०.२ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय ५३ रन बनाएको छ।

Logo