चिनियाँ टोलीमाथि नेपाली टोलीको ५ गोल

चिनियाँ टोलीमाथि नेपाली टोलीको ५ गोल

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । चिनियाँ नयाँ वर्षका अवसरमा आयोजित चीन–नेपाल मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा शनिबार नेपाली टिमले ५–१ गोलको फराकिलो अन्तरले जित हात पारेको हो ।

नेपाली युवा फुटबल टिम र चिनको छिङघाई युवा फुटबल टिम बीचको खेलको उद्घाटन राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलमा जुनसुकै टिमको जितहार भए पनि नेपाल–चीन बीचको सम्बन्न्धले जित्ने बताए ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने क्रममा नयाँ वर्षका अवसरमा फुटबल आयोजना गरिएको बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ लगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो । काठमाडौंस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा खेल भएको हो ।

Logo