फेरि कतारले नै जित्यो एएफसी एसियन कपकाे उपाधि

फेरि कतारले नै जित्यो एएफसी एसियन कपकाे उपाधि

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। एएफसी एसियन कप फुटबलको उपाधि कतारले जितेको छ। डिफेन्डिङ च्याम्पियनसमेत रहेको कतारले शनिबार राति जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएकाे हाे।

कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए। तर उनले सबै गोल पेनाल्टीमार्फत गरेका हुन्। अफिफ एएफसी एशिया कपमा सर्वाधिक गोलकर्ता पनि बने। उनले प्रतियोगिताभर ८ गोल गरेका थिए।

२२ औं मिनेटमा कतारले अफिफको पेनाल्टीमार्फत अग्रता लिएको थियो। उनीमाथि जोर्डनका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। १ गोलले पछि परेको जोर्डनले कमब्याक गर्दै ६७ औं मिनेटमा बराबरी गरेको थियो। जोर्डनका यजान अल नैमातले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो।

७२ औं मिनेटमा पनि पाएको पेनाल्टीमा अक्रमले नै गोल गरेका थिए। अतिरिक्त समयको पाँचौं मिनेटमा फेरि कतारले पेनाल्टी पाउँदा अक्रमकले ह्याट्रिक नै पूरा गरे।कतारले यसअघि २०१९ को संस्करणमा पनि उपाधि जितेको थियो। त्यतिबेला कतारले जापानलाई पराजित गरेको थियो।

Logo