बाँकेमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरू

बाँकेमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरू

केन्द्रबिन्दु
98
Shares

नेपालगञ्ज । बाँकेमा ‘१५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरू भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा प्रतियोगिता भइरहेको हो।

प्रतियोगिताको शनिबारै लुम्बिनी प्रदेश सांसद माया पुनले उद्घाटन गरिन्। उनले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद नै राज्यको आँखाबाट ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाउने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सन्दिपजंग शाहले जानकारी दिए।

जिल्लाबाट छनोट भएका खेलाडीहरूलाई फागुन ११ देखि १३ गतेसम्म बुटवलमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उनले बताए। प्रतियोगिता सञ्चालन गर्नका लागि कोहलपुर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ भने सांसद पुनले १० लाख रुपैयाँ बराबरका खेलकूद सामाग्री हस्तान्तरण गरेकी छिन्।

Logo