यू-१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

यू-१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

केन्द्रबिन्दु
196
Shares

काठमाडौं। दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । यो खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ। उपाधिका लागि भारत र अस्ट्रेलिया आमने सामने हुने छन्। सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो।

भारतले अहिलेसम्म ५ पटक अन्डर–१९ क्रिकेट विश्वकप जितेको छ । यस बाहेक भारतले ८ पटक अन्डर १९ क्रिकेट विश्वकपको फाइनल खेलेको छ। अर्थात् अहिलेसम्म भारतले ५ पटक अन्डर १९ क्रिकेट विश्वकपको फाइनल जितेको छ भने ३ पटक हार बेहोरेको छ।

भारतीय टोली कीर्तिमानी छैटौं पटक च्याम्पियन बन्ने लक्ष्यका साथ अष्ट्रेलियाविरुद्ध मैदान उत्रनेछ। भारतीय टोलीले पहिलो पटक यू–१९ क्रिकेट विश्वकप २००० जितेको थियो। उक्त भारतीय टोलीका कप्तान मोहम्मद कैफ थिए। यसपछि भारतले सन् २००६ को अन्डर–१९ क्रिकेट विश्वकपको फाइनलमा पुग्यो तर उपाधि खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

विराट कोहलीको कप्तानीमा रहेको टोलीले २००८ को अन्डर–१९ क्रिकेट विश्वकप जितेको थियो। त्यसपछि सन् २०१२ मा भारतीय टोली तेस्रो पटक च्याम्पियन बनेको थियो। उक्त भारतीय टोलीका कप्तान उन्मुक्त चन्द थिए। इशान किशनको नेतृत्वमा रहेको टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेन।

त्यसपछि भारतीय टोली यू–१९ क्रिकेट विश्वकप २०१८ को फाइनलमा पुगेको थियो। त्यस पटक पृथ्वी शाको कप्तानीमा रहेको भारतले उपाधि जित्न सफल भयो। भारतीय टोलीले पाँचौं पटक अन्डर–१९ क्रिकेट विश्वकप २०२२ को उपाधि जितेको थियो। त्यतिबेला यश धुलले नेतृत्व गरेका थिए। तर, फेरि एकपटक भारतीय टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ। यसपटक भारतीय टिमको कप्तानी उदय सहारनले गरेका छन्।

यदि भारतीय टोली अष्ट्रेलियाविरुद्धको फाइनलमा जित निकाल्न सफल भयो भने यो कीर्तिमानी छैटौं उपाधि हुनेछ।
अस्ट्रेलियाले पहिलैं संस्करणको उपाधि सन् १९८८ मै जितेको थियो। त्यसपछि २००२ मा र २०१० मा उपाधि जितेको थियो। अस्ट्रेलिया चौथो उपाधिको खोजिमा छ।

यू- १९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया २ पटक उपाधि भिडन्त गर्दा दुवै पटक भारत हावी भएको छ। आइतबारको फाइनल तेस्रो भिडन्तको रुपमा रहेको छ।

Logo