एसिसी वुमन्स प्रिमियर कपः भुटानले नेपाललाई दियो ६६ रनको लक्ष्य

एसिसी वुमन्स प्रिमियर कपः भुटानले नेपाललाई दियो ६६ रनको लक्ष्य

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कप २०२४ अन्तर्गत भुटानले नेपाललाई ६६ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमामएर ६५ रन जोड्यो।

भुटानका लागि ओपनर नवाङ छोडेनले नेपालकी कप्तान इन्दू बर्माबाट बोल्ड हुनुअघि ५० बलमा २५ रन जोडिन्। यस्तै छिरिङ जाङमोले १६ रन र डेचेन वाङमोले १७ रन जोडे। नेपालका कप्तान इन्दूसहित कविता कुँवर, सीता रानामगर र कविता जोशीले १-१ विकेट लिए।

समूह ‘डी’ मा रहेको नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो। नेपालले समूहको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ। समूहका शीर्ष दुई टिम क्वार्टरफाइनलमका पुग्नेछन्।

Logo