प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चललाई चार स्वर्णपदक

प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चललाई चार स्वर्णपदक

केन्द्रबिन्दु
84
Shares

विराटनगर। १३औँ संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको प्रतियोगितामा पूर्वाञ्चलले चार स्वर्ण, १ रजत पदकसहित २३ अंकको साथ अग्रता कायमै राखेको हो।

पूर्वाञ्चललाई सुन्दरहरैँचाकै सिद्धार्थ स्कुलले १ स्वर्ण, २ रजक पदकसहित ११ अंक ल्याएर पछ्याइरहेको छ। विराटनगरको एभरेष्ट स्कुल १ स्वर्ण र दुई कास्य पदक ९ अंक सहित तेस्रो स्थानमा छ। यसैगरी, रतुवामाइको मुनाल आदर्श, विराटनगरको मदर टेरेसा र ग्रामथान सारदा स्कुलले समान ८–८ अंक ल्याएर चौथो स्थानमा छन्।

हाइजम्पमा छात्रातर्फ पूर्वाञ्चल एकेडमीकी सितल मगरले स्वर्ण पदक जितेकी छिन्। यसैगरी रंगेलीको मिनील्याण्ड स्कुलकी जिसिका विष्टले रजत पदक र विराटनगर एभरेष्ट स्कुलकी प्रिन्सि बर्माले कास्य पदक जितेकी छिन्।

यसैगरी, छात्रतर्फ ग्रामथानको सारदा स्कुलका भिम ऋषिदेवले स्वर्ण पदक जितेका छन्। पूर्वाञ्चल एकाडेमीका संगम बोहोराले रजक पदक र जनक मेमोरियल स्कुलका प्रभास चौधरीले रजक पदक जितेका छन्।

८ सय मिटर छात्रातर्फ पूर्वाञ्चल एकाडेमीकी सृजना बिकले स्वर्ण पदक जितेकी छिन्। सिद्धार्थ स्कुलकी मियोङसा राईले रजत पदक र पथरीको एभरेष्ट स्कुलकी युनिषा बुढाथोकीले कास्य पदक जितेकी छिन्।

यसैगरी सटपुट छात्रातर्फ रंगेलीको मुनाल आर्दशकी अमिसा ताजपुरियाले स्वर्ण पदक जितेकी छिन्। यस्तै विराटनगरको मदर टेरेसा स्कुलकी ज्योती महतोले रजक र इन्द्रपुर नमुना स्कुलकी आयूषमा राईले कास्य पदक जितेकी छिन्।

Logo