राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

केन्द्रबिन्दु
98
Shares

बिर्तामोड । झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ। बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आइतबार भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो।

भोलि प्रतियोगिताको फाइनल हुनेछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन भइरहेको छ। प्रतियोगिता अन्तर्गत खुला भेट्रान्स डबल्सको फाइनल प्रवेशका लागि प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले दिपक आङदेम्बे र जीवन बोगटीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, घनेन्द्र लिम्बू र मदन लिम्बूको जोडीले कृष्ण खड्का र विष्णु तामाङको जोडीको सामना गर्नेछ । त्यस्तै, खुला डबल्सतर्फ निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले विनय चौधरी र लाक्पा शेर्पाको जोडीसँग फाइनल प्रवेशका लागि खेल्नेछ । हिमाल चन्द र विवेक कन्दङवाको जोडीले भोजबहादुर गुरुङ र विशाल तामाङको जोडीसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका वातावरण प्रमुख समेत रहेका कुरुबाङले जानकारी दिए ।

त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन्। भेट्रान्सतर्फका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

Logo