क्यानडाविरुद्ध नेपालले टस जित्यो

क्यानडाविरुद्ध नेपालले टस जित्यो

केन्द्रबिन्दु
56
Shares

काठमाडौं।  क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेल खेल्दैछ । सुरुवाती दुवै खेल जितेर २-० ले सिरिज पक्का गरिसकेको नेपाल घरेलु सिरिजमा पहिलो पटक क्लिनस्विप गर्ने प्रयासमा हुनेछ ।

यस खेलमा हेमन्त धामीले डेब्यु गर्ने भएका छन् । नेपालले कुल ४ परिवर्तन गरेको छ, भने क्यानडाले पनि टोलीमा ३ परिवर्तन गरेको छ।

पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्केका छन् । हेमन्त डेब्यु गर्दैछन् ।

नेपालको प्लेइङ ११: अनिल शाह, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, ललित नारायण राजवंशी

Logo