कुशल मल्लले लिए हर्षकाे विकेट, दबाबमा क्यानडा

कुशल मल्लले लिए हर्षकाे विकेट, दबाबमा क्यानडा

केन्द्रबिन्दु
56
Shares

क्यानडासँगको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएको नेपालका लागि कुशल मल्लले क्यानडाका हर्ष ठाकरको विकेट लिएका हुन् । ३६औं ओभरको पाँचौं बलमा २९ रन बनाएका हर्षलाई मल्लले आउट गरेका हुन् ।

यसअघि नेपाललाई ललितनारायण राजवंशीले चौथो सफलता दिलाएका थिए । २६औं ओभरको अन्तिम बलमा ललितको बलमा नवनीत धालिवाललाई आकाश चन्दले क्याच आउट गराएका हुन्। कुशल मल्लले निकोलस किर्तोनलाई र श्रीमन्थ विजयेन्तेलाई आकाश चन्दको बलमा कप्तान रोहित पौडेलले क्याच गरेका थिए।

आज मात्रै सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआई डेब्यु गरेका बलर हेमन्त धामीले क्यानडाको पहिलो विकेट लिएका थिए । दोस्रो ओभरको चौथो बलमै उनले आरोन जोनसोनलाई क्याच आउट गराएका थिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उत्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । यता क्यानडा पनि अन्तिम खेलमा जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

Skip This
Skip This
Logo