एसीसी महिला प्रिमियम कप: आज नेपाल र माल्दिभ्स भिड्दै

एसीसी महिला प्रिमियम कप: आज नेपाल र माल्दिभ्स भिड्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा सुरू हुँदैछ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८-८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो। आजै समूह डी कै भुटान र हङकङले पनि समूह चरणको अन्तिम खेल खेल्दैछन्। यो खेलपछि क्वाटरफाइनलको समीकरण तय हुनेछ।

Logo