प्रिमियर लिगमा चेल्सीसँग क्रिष्टल प्यालेस पराजित

प्रिमियर लिगमा चेल्सीसँग क्रिष्टल प्यालेस पराजित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ। सोमबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि ३–१ गोलको पुनरागमन जित निकालेको हो।

३० औं मिनेटमा क्रिष्टलले अग्रता लिएको थियो। उसका जेफरसन लिमाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको क्रिष्टलले दोस्रो हाफको सुरुमै खेल बराबरी गर्न सफल भयो। चेल्सीका लागि ४७ औं मिनेटमा कोनर जोन गालाघरले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा गालाघरले नै व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सी २–१ गोलले अघि बढेको थियो। अतिरिक्त समयको चौथो मिनेटमा इन्जो फर्नान्डेजले गोल गरेपछि चेल्सी अन्ततः ३–१ को जित निकाल्दै तालिकामा स्पष्ट ३ अंक थप्न सफल भयो।

जितसँगै चेल्सी २४ खेलबाट ३४ अंक बनाएर तालिकाको दशौं स्थानमा छ। पराजित भएको क्रिष्टल भने २४ खेलबाट २४ अंकका साथ तालिकाको १५ औं स्थानमा रहेको छ। प्रिमियर लिगमा लिभरपुल २४ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा रहँदा २३ खेलबाट ५२ अंक बनाएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ।

Logo