ज्ञानेन्द्र, शक्ति र रिजनले पास गरे आइसीसीको लेभल- २ कोचिङ काेर्ष

ज्ञानेन्द्र, शक्ति र रिजनले पास गरे आइसीसीको लेभल- २ कोचिङ काेर्ष

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। नेपालका पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजनाले आइसीसीको लेभल- २ कोचिङ काेर्ष पास गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजुले आईसीसीको लेभल- २ को कोचिङ काेर्ष उत्तीर्ण गरेका हुन्।

सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शिर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ। आइसीसीको लेभल- २ तहको कोचिङ कोर्ष उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन्।

Logo