रुविनाको कीर्तिमानी शतकमा नेपालले माल्दिभ्सलाई दियो विशाल लक्ष्य

रुविनाको कीर्तिमानी शतकमा नेपालले माल्दिभ्सलाई दियो विशाल लक्ष्य

केन्द्रबिन्दु
126
Shares

पूर्वकप्तान रुविना क्षेत्री बेलबासको कीर्तिमानी शतकमा नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा मात्र ४ विकेटको क्षतिमा २२७ रन जोडेको हो । नेपालका लागि रुविनाले सानदार शतकीय इनिङ खेलिन् । ५९ बलको सामना गरेकी उनले १० चौका र ५ छक्काको मदतमा सर्वाधिक ११९ रन जोडिन् । रुविना नेपालबाट महिला टि२० आईमा शतक हान्ने पहिलो खेलाडी बनेकी छिन् । यसअघि सन् २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।

2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.

साथै पूजा महत्तोले पनि ५९ रनको अर्धशतक पारी खेलिन् । उनीहरु दुवै अपराजित रहे ।

समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

Logo