१३ रनमै समेटियो माल्दिभ्स, नेपालको कीर्तिमानी जित

१३ रनमै समेटियो माल्दिभ्स, नेपालको कीर्तिमानी जित

नेपाली महिला क्रिकेटमा शतक हान्ने रूविना पहिलाे खेलाडी

केन्द्रबिन्दु
56
Shares

नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले २१४ रनको कीर्तिमानी जित दर्ता गरेको हो । यो नेपालको महिला टी-२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो ।

मलेसियाको क्वालालाम्पुरमा नेपालले जितका लागि दिएको २२८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा अलआउट हुँदै १३ रन मात्रै जोड्न सक्यो । माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाउँदा अन्य ६ खेलाडी शून्यमा आउट भए ।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालकी अश्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । त्यस्तै, पूजा महतो र रुविना क्षेत्रीले समान ३/३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा मात्र ४ विकेटको क्षतिमा २२७ रन जोडेको थियो । नेपालको महिला टोलीले टी-२० आईमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो ।

नेपालका लागि रुविनाले सानदार शतकीय इनिङ खेलिन् । ५९ बलको सामना गरेकी उनले १० चौका र ५ छक्काको मदतमा सर्वाधिक ११९ रन जोडिन् । रुविना नेपालबाट महिला टि२० आईमा शतक हान्ने पहिलो खेलाडी बनेकी छिन् । यसअघि सन् २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।

साथै पूजा महत्तोले पनि ५९ रनको अर्धशतक पारी खेलिन् । उनीहरु दुवै अपराजित रहे ।

समूह ‘डी’बाट नेपाल ३ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

Logo