नेपालले सोझै २०२७ काे विश्वकप छनोट खेल्न के गर्नुपर्छ ?

नेपालले सोझै २०२७ काे विश्वकप छनोट खेल्न के गर्नुपर्छ ?

केन्द्रबिन्दु
56
Shares

आईसीसी विश्वकप लिग–२ को २०२४ देखि २०२७ सम्म चल्ने त्रिकोणात्मक सिरिजका शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने भएका छन् ।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ। जसमा शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहनुका साथै विश्वकप छनोटमा पनि सिधै पुग्ने भएका हुन् । बाँकी चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । प्लेअफबाट भने एक टोलीमात्रै पुन विश्वकप छनोटमा पुग्नेछ ।

लिग-२ मा नेपालसहित क्यानडा, नामिबिया, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका छन् ।

लिग-२ पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्दैछन्। सिरिजमा नेपालले फागुन ३ मा नामिबियासँग पहिलो खेल खेल्दैछ । यस्तै फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ । फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग पुनः खेल्नेछ ।

Logo