बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ भब्य रुपमा सम्पन्न

बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ भब्य रुपमा सम्पन्न

केन्द्रबिन्दु
56
Shares

बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न भएको छ । शनिबार दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलमा नेपाली अन्डर–२३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको थियो ।

चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा संयूक्त रुपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको हो ।

चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसंगै नेपालको प्रख्यात म्यूजिक ब्याण्ड कुटम्वले विभिन्न गीत प्रस्तुत गरेको थियो । साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्याधिक मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा चीनका राजदूत चेन सङ र नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता जनाएका थिए । कार्यक्रम भब्य रुपमा सफल भएको साइमेक्स इंकले जनाएको छ ।

Logo