राखेप सदस्य सचिव घिसिङले भने- ‘नेपाल साहसिक पर्यटनको गन्तव्य’

राखेप सदस्य सचिव घिसिङले भने- ‘नेपाल साहसिक पर्यटनको गन्तव्य’

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाल साहसिक खेलको गन्तब्य भएको र साहसिक खेलमा नेपालले विश्वका कैयौं राष्ट्रलाई आकर्षित गर्न सक्ने बताएका छन्।

दक्षिण कोरियाको सिओलमा फेब्रुअरी ६ देखि ८ तारिखसम्म भएको स्पोर्ट्स ग्लोबल टुरिजम कन्भेन्सनलाई सम्बोधन गर्ने क्रममा सदस्य–सचिव घिसिङले यस्तो बताएका हुन्।

कार्यक्रम दक्षिण कोरियास्थित नेपाली राजदूतावास, द ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ युनिभर्सिटी र एमआईटी फाउन्डेसनको संयुक्त आयोजनामा भएको थियो।
सो अवसरमा सदस्य–सचिव घिसिङले खेलकुदले सम्पूर्ण मानव जीवनको स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै खेलकुदलाई उद्योगका रुपमा विकास गर्न सके राष्ट्रको अर्थतन्त्र बृद्धिमा पनि योगदान गर्न सकिने धारणा राखेका थिए।

दक्षिण कोरिया भ्रमणका क्रममा सदस्य–सचिव घिसिङले त्यहाँस्थित खेलकुदका विभिन्न निकायका प्रतिनिधिसंग पनि भेट गरी महत्वपूर्ण छलफलहरु गरेका छन्।

कोरियाली खेलकुद तथा ओलम्पिक कमिटीका पदाधिकारीसँगको भेटमा सदस्य–सचिव घिसिङले दक्षिण कोरियाले सन् १९८६ को एसियन गेम्स र सन् १९८८ को ओलम्पिक गेम्सदेखि हालसम्म प्राप्त गरेका उपलब्धीको प्रशंसा गर्दै कोरियाले प्राप्त गरेका उपलब्धीबाट नेपाल सिक्न ईच्छुक रहनुका साथै सहकार्यका लागि आग्रह गरे।

कोरियन एन्टी डोपिङ एजेन्सी (काडा) का पदाधिकारीसंगको भेटमा सदस्य–सचिव घिसिङले स्वस्थ्य खेल प्रदर्शनको अवधारणा सम्बन्धमा काडाले गरेको काम निकै प्रभावकारी र अनुकरणीय रहेको भन्दै नेपालको एन्टी डोपिङ हेर्ने युनिटसँग सम्बन्ध स्थापना गरी सहकार्यका लागि प्रस्ताव गरे।

कोरियाली इन्स्टिच्यूत अफ स्पोर्ट्स साइन्सका (किस) का प्रतिनिधिसंगको छलफलमा राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) र किसबीच सहकार्यका लागि राखिएको प्रस्तावमा पनि सहमति भएको थियो। सदस्य–सचिव घिसिङले हान्याङ युनिभर्सिटीको पनि अवलोकन भ्रमण गरेका थिए।

Logo