फागुन १२ देखि पाँचथर गोल्डकप फुटबल प्रतियोगिता हुने

फागुन १२ देखि पाँचथर गोल्डकप फुटबल प्रतियोगिता हुने

केन्द्रबिन्दु
70
Shares

विराटनगर । फागुन १२ गतेदेखि पाँचथर सदरमुकाम फिदिममा चौथो संस्करणको पाँचथर गोल्कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आयोजक पाँचथर फुटबल क्लबका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिम सहभागी हुनेछन्।

फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक पाँचथर क्लबसहित त्रिभुवन आर्मी क्लब काठमाडौं, हिल्स फुटबल एकेडेमी भारत, राइटलेन एजुकेशन वाग्मती, युथ क्बल सर्लाही, पथरी ११ फुटबल क्लब मोरङ, झापा फुटबल क्लब झापा, नमोबुद्ध युवा फुटबल क्लब सप्तरी र रेडहर्स फुटबल क्लब इलामको सहभागिता हुनेछ।

आयोजक क्लबका अध्यक्ष डिल्लीराम शिवाकोटीका अनुसार प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ। प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। दोस्रो हुने टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपौयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

यसैगरी, म्यान अफ दि म्याचलाई ५ हजार, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट मिडफिल्डरलाई जनही १० हजारको दरले पुरस्कार प्रदान गरिने जनाइएको छ। प्रतियोगिताका राइजिङ प्लेयर र म्यान अफ दि टुर्नामेन्टलाई १५ हजार रुपैयाँका दरले पुरस्कार दिइने क्बले जनाएको छ।

Logo