लिग–२ शृङ्खलामा आज नेपालले नामिबियाको सामना गर्दै

लिग–२ शृङ्खलामा आज नेपालले नामिबियाको सामना गर्दै

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलका सिरिज आजदेखि सूरु हुँदैछ। २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा पहिलो सिरिज हुँदैछ।

आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा पनि यहि फर्म्याटमा प्रक्रिया शुरु गरेको थियो। लिग- २ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्। क्रिकेट विश्वकप लिग-२ को २०२३- २०२७ साइकलको शुरुवात नेपालबाट हुँदैछ। आजदेखि काठमाडौँमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको शुरुवात गर्दैछन्।

आज पहिलो खेलमा नेपालको सामना नामिबियासँग टियु मैदानमा हुँदैछ। यो खेल नेपाली समय अनुसार बिहान ९: १५ बजेदेखि हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्वजनिक गरेको छ ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो। क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन्।
लिग-२ को सिरिज खेल्ने नेपाली टिम- रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन्।

Logo