आफ्ना खेलाडीका लागि पहिचान सहितको पोशाक दर्ता गराउँदै कर्णाली

आफ्ना खेलाडीका लागि पहिचान सहितको पोशाक दर्ता गराउँदै कर्णाली

केन्द्रबिन्दु
154
Shares

काठमाडौं। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्नै पोशाक दर्ता प्रक्रिया अघि बढाएको छ। प्रदेशले आफ्ना खेलाडीका लागि अलग्गै पहिचानसहितको पोशाक तयार गरी राष्ट्रिय खेलकूद परिषद्मा दर्ता गर्न लागेको हो।

परिषद्ले प्रदेशका खेलाडीले १० औँ राष्ट्रिय खेलकूदलगायत विभिन्न प्रतियोगितामा प्रयोग गर्न तयार गरेको खेल पोशाक दर्ताको प्रक्रियाका लागि बुधबार राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरेको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरे।

सो अवसरमा सदस्य–सचिव घिसिङले खेलकुदमा खेल पोशाकको ठूलो महत्व हुने बताउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीको पहिचान झल्कने पोशाक तयार गरेर कर्णालीको पहिचान र उचाईलाई अझ माथि पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। सदस्य–सचिव सन्ज्यालले खेलाडीले मार्च पास्टमा प्रयोग गर्ने पोशाक बनाउने कार्यको तयारी भइरहेको बताए।

Logo