नामिबियाविरुद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल 

नामिबियाविरुद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल 

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेर ब्याटिङ गर्ने भएको छ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको छ। क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका शाह प्लेइङ-११ मा परेका छन्। आजको खेलमा आरिस शेख र देव खनाल भने बेन्चमा रहनेछन्।

२०२७ सम्म चल्ने लिग-२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र नामिबिया दुवै विजयी सुरुवात गर्न चाहन्छन् । पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिँदै विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

नेपालको टोली प्लेइङ ११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

बेन्च : दीपेन्द्रसिंह ऐरी, देव खनाल, सूर्य तामाङ र आरिफ शेख

नामिबियाको प्लेइङ ११

जेरार्ड एरास्मस(कप्तान), जेन ग्रिन(विकेटकिपर), जेजे स्मिथ (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज ।

Logo