नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, १३ रनमा तीन विकेट गुमायो

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, १३ रनमा तीन विकेट गुमायो

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। नेपालले नामीबियाविरुद्ध १३ रन जोड्दा महत्त्वपूर्ण ३ ब्याटरलाई गुमाएको छ ।

ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका छन् । कुशल ०, आसिफ ४ र अनिल ८ रनमा आउट भएका हुन् । नेपालका कप्तान रोहित पौडेल र भीम सार्की क्रीजमा छन् ।

आईसीसी विश्वकप लिग- २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिष्पर्धा गर्दैछ। नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ ९२०२३–२०२७० को सुरुवात गर्न लागेको हो ।

Logo