एसीसी महिला प्रिमियर कपमा घरेलु टोली मलेसियासँग भिड्दै नेपाल

एसीसी महिला प्रिमियर कपमा घरेलु टोली मलेसियासँग भिड्दै नेपाल

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी-२० क्रिकेटको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे बायोमास ओभलमा सुरू हुनेछ। खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

नेपालले क्वाटर फाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन्।एसिया कपमा महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन्।

Logo